भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो मन तिमीले / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो मन तिमीले लिएर गएपछि,
तिमी बिना म एक्लो एक्लो भएपछि
संसार अँध्यारो अँध्यारो लाग्छ
आफ्नै मन बिरानो बिरानो लाग्छ

संसार अँध्यारो देखिएपछि
आफ्नै मन बिरानो भएपछि
म अपूरो अपूरो भएको छु
तिम्रो याद अँगालेर रोएकोछु
मेरो मन तिमीले लिएर गएपछि

म अपूरो अपूरो भएपछि
तिम्रो याद अँगाली रोएपछि
आँशुले सिरानी भिजाएको छु
म पागल पागल भएको छु
मेरो मन तिमीले लिएर गएपछि