Last modified on 26 जुलाई 2016, at 02:05

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ / भीम विराग

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ
मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ

भुल्न सकिन्छ कसरी धराकास मिलनको रात
जिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छ

सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब
मरुभूमीय अतृप्तिको एहसास अझै बाँकी छ

आज भोलि मौसम खराब छ ए मेरो दु:खी मन
उनको र मेरो सुवासित मधुमास अझै बाँकी छ

तिम्रो नाम लिएर बाँचेकोछु हरेक धड्कन
यो ओठमा तिम्रो अधरको सुवास अझै बाँकी छ

कति पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो
फेरि पनि जिउँदोछु भन्ने कटुमास अझै बाँकी छ