Last modified on 1 जून 2017, at 17:19

मेरो हजुर आज फेरि रिसानी भो किन / निमेष निखिल

मेरो हजुर आज फेरि रिसानी भो किन
हाम्रो माया बिर्सिएको कहानी भो किन
 
जता हेर्योा मात्र देख्छु छाया हजुरको
बिर्सूँ भन्दा सकिएन माया हजुरको
चाहिँदैन आकाशका जून अनि तारा
बस्न पाए पुग्छ दायाँबायाँ हजुरको
 
जिन्दगीमा हजुर मेरो खास नभए
मिलनको झिनो यौटा आश नभए
त्यागिदिन्छु जीवनकै मोह सधैँलाई
त्यो मनमा मेरा निम्ति बास नभए।