भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मैले खोजेको त्यही हो / हरिभक्त कटुवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जहाँ मैले भेटें तिमीलाई एउटा क्षितिज त्यही हो
ए साथी जिउनलाई मैले खोजेकी त्यही हो ।

मेरा इच्छाहरु सबै नै उपहार तिमीलाई
आशा-आकारमा जम्मै परस्कार तिमीलाई
त्यो बान्की जो छ तिमीमा मैले रोजेको त्यही हो
एक साथी जाउनलाई खोजेको त्यही हो ।

तिम्रो मौनतामा मैले विश्वास पाएको छु
एक्लो यो जन्दगीमा आाधार पाएको छु
तिमी हुन्छ मात्र भनिदेऊ मैले सोधेको त्यही हो
एक साथी जिउनलाई मैले खोजेको त्यही हो ।