मैले चिनेन कि / पुरुषोत्तम सुवेदी
हरि हरि मैले चिनेन कि - ठेट नेपाली होइनौ कि - -----
पैसा पाय देसै बेच्ने - नेता भए जनतै भुल्ने
हरि हरि मैले चिनेन कि देशका नेता होइनौ कि-------
कसो गर्दा के हुने हो केही थाहा छैन
राजनीतिमै बुढा भयौ देशमा शान्ति छैन
हरि हरि मैले चिनेन कि देशद्रोही पर्यौ कि---------
धनको लागि मान्छे काट्ने
मिठा कुराले मान्छे ढाँट्ने
सपथ खाँदा हिन्दी बोल्ने
हरि हरि मैले बुझिन कि नेपालीभाषी होइनौ कि - ------
बिदेशीको बुइमा चढी अस्थीरता ल्याउने
दानवका आम्ने साम्ने उनकै गुण गाउने
हरि हरि बुशलाई चिनेनौ कि राजनीतिज्ञ होइनौ कि - -----
कोशी बेच्यौ काली बेच्यौ - बेच्यौ टनकपुर
भाग्ने कुम्लो बोकी सक्यौ - भैसक्यौ बेसुर
हरि हरि मैले बुझिन कि - तिम्रो भाग्ने ठाउँ छैन कि - -----
जंगल बेच्यौ बुटी बेच्यौ - बेच्यौ मुर्ती पनि
राता टिका लाउदै गर्छौ - मै हुँ हिन्दू भनी
हरि हरि मैले बुझिन कि असली हिन्दू होइनौ कि - ----------
मैले चिनेन कि राष्ट्र प्रेमी होइनौ कि - ------------
मैले चिनेन कि धोकेवाज रहेछौ कि - -------------