भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मैले सबैथोक / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
मैले सबैथोक भनेथेँ, तिमीले माया ठानिदियौ
ती पूर्णताका आभाषलाई तिमीले छाया ठानिदियौ

आँसु पोखाई अञ्जुली खुसीहरूले भरेथेँ
रुनु थियो वा हाँस्नु त्यो दोधारमा परेथेँ
त्यो अनादि सम्झेको तिमीले नयाँ ठानिदियौ
मैले सबैथोक भनेँथेँ, तिमीले माया ठानिदियौ

नजीक टाढा थिएन जहाँसुकै नै त्यो थियो
मुटुभित्र एकनाशले बाँचेको त्यो जे थियो
यहाँ देखिनु नै के थियो तिमीले काया ठानिदियौ
मैले सबैथोक भनेथेँ, तिमीले माया ठानिदियौ

यहाँ र वहाँ के हो र यो सृष्टि सबै एकै ठाउँ
हरेक पलका अनुभवको देखिन मैले कुनै नाउँ
यो दुर्बोध नै होस् भन्दछु, भय अभय ठानिदियौ
मैले सबैथोक भनेथेँ तिमीले माया ठानिदियौ