भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मोहको अधूरो यात्रा / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

‘राख क्या !’
‘नाईं, तिमी पहिले राख !’
‘होइन, तिमी राख !’
‘तिमी राख न !’

लम्बिरह्यो
उनीहरूको वार्तालाप ।
 
माया मात्र होइन
मिठास, मोहकता
र मनुहार पनि थियो संवादमा
जसका कारण
मगमगाइरहेथ्यो प्रेमको फूल ।

आफ्ना सबै काम छोडेर
दुई छेउबाट भनिरहन्छन् उनीहरू
‘अब तीन गनेर
एकैसाथ राखौँ है त !’

‘एक, दुई, तीन !’

तर एक अर्काको सासको धून सुनिन नछोडेपछि
दुबै भन्थे
‘खै त राखेको ? राख न !’

र,
एकपल्ट उसले
राखिदिई फोन
सधैँका लागि !