भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म तिमीलाई प्रेम गर्छु / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमीलाई प्रेम गर्छु
र सम्झौता इन्कार गर्छु

थाह छैन
म तिमीलाई किन प्रेम गर्छु ?
तर थाह छ
म तिमीलाई किन इन्कार गर्छु

तिमीले कुनै दिन
मैले तिर्न नसक्ने प्रेमको मोल माग्न सक्छौ
तिमीले कुनै दिन
मैले किन्न नसक्ने प्रेमको महल पनि माग्न सक्छौ
निसन्देह :
मैले तिर्न सक्नेछैन प्रेमको मूल्य
मैले किन्न सक्नेछैन प्रेमको महल
र सायद त्यसपछि
तिम्रा मप्रतिका विश्वाशहरु फाटनेछन्
तिम्रा मप्रतिका आस्थाहरु च्यातिनेछन्
धुजा-धुजा हुनेछन्
तिम्रा सुकुमार सपनाहरु
उफ !
तिमीलाई सर्वोत्कृष्ट प्रेम गर्ने
मेरो सबल पुरुषत्व
बेकाम हुनेछ कुनै नपुङ्सक रहरजस्तै
र त्यसपछि
नभएको प्रेमनगरमा
मेरो फकिरले आत्महत्या गर्नेछ !

मृत्युपर्यन्त
म तिमीलाई प्रेम गरिरहन चाहन्छु

तिमीलाई प्रेम गर्छु
र सम्झौता इन्कार गर्छु !