म तिम्रा अघी पर्न लायक् कहाँ छू,
यसैले अघी सर्न लायक् कहाँ छू।।१।।
हुकुम हुन्छ तिम्रो त हाजिर छदैछू,
बिना मर्जी आँट गर्न लायक् कहाँ छू।।२।।
अरुका उपर अंखिभौं तानी हाने,
म जावो हरे ! मर्न लायक् कहाँ छू।।३।।
जहाँसम्म मन् चल्छ लौ हुन्छ घुर्कुन् ,
तिनै झैं नजर् तर्न लायक कहाँ छू।।४।।
सहडमै छ मन् हर्न सक्नू हरिले,
सुनिस् मोती त्यो गर्न लायक् कहाँ छू।।५।।