भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
म त तस्वीर अधुरा भएछु / धर्मराज थापा
Kavita Kosh से
म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु
आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु
नाम संजिवनी भए पनि
म त मताउने सुरा भएछु
प्रेरणास्रोत बन्न नसक्दा
सपना कोहीको अधुरा भएछु
जे बनाए बनाउनेले त्यै म
हत्कडी, बाला र चुरा भएछु
थिएँ फलामको एक टुक्रा
चोटखाइखाइछुराभएछु।
-धर्मराज थापा -