म त नदुखे झैँ हाँसिरहेँ दुखे पनि छातीभरि
तिमी चोटहरू थपिरह्यौ सधैँसधैँ यसैगरि
पिसिएर धूलो भएँ उडेपछि छारो
कहिले परेँ भूमरीमा बाँच्नै भयो गाह्रो
पातमाथि टाँसिएर पर्खिरहेँ झरी
चोट तिमी थपिरह्यौ सधैँसधैँ यसैगरि
पीडासँग घोलिएर भएको छु हिलो
व्यथासँगै गाँजिएर बाँचे दुःख जिलो
अझै कति बिझाउनुछ आँखैमाझ परी
चोट तिमी थपिरह्यौ सधैँसधैँ यसैगरि