म त पहिरोभित्र छु झन झन गहिरोभित्र छु
सपना देख्ने आँखा बस्यो
म त झन झन कुहिरोभित्र छु
फूल त मेरो होइन शीत पनि मेरो होइन
सुस्केरा मात्रै होइन गीत पनि मेरो होइन
झन झन कुहिरोभित्र छु
रहर ओइलाई झरे बाटो काट्ने काँडा भए
सँगै देखेका सपना कता कता हराई गए
झन झन कुहिरोभित्र छु