भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म दुलही बनेर / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म दुलही बनेर घुम्टोले सजिई
प्रतीक्षा तिम्रो गरिरहेँ त्यो साँझ
मेरा दुलाहा राजा बनी तिमी आयौ
बाजा र डोले जन्तीको माझ
 
ओभानो सिउँदो सिन्दुर छरेर
चुरा र पोते सितारा सजाई
म तिम्रो बाचा तिमी मेरो बाचा
घुम्यौँ अग्नि साक्षी आँचल समाई
 
कति शुभेच्छाका सौगातहरूमा
भुलेर आफ्ना र स्वयम् आफूलाई
म तिम्रो जीवनमा समाहित भएर
आएको छु सुन्दर सपना सजाई