भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म पनि त मानिसै हुँ / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सधैँभरि आँधीबीच अटल भै रहन
म पनि त मानिसै हुँ गाह्रो हुन्छ सहन
 
धेरैचोटि हुरी चल्दा छातीभित्रै लुकाएथेँ
मनको बाँध फुट्न खोज्दा परेलीमै सुकाएथेँ
सधैँभरि बाधा फुकाई एकैनासले बहन
म पनि त मानिसै हुँ गाह्रो हुन्छ सहन
 
तिम्रो संसार डग्मगाउँदा मूलजरो भै थामिरहेँ
भर दिँदा अरूलाई भित्र आफू कामिरहेँ
नदेखाई पीरहरू सधैँ हाँसिरहन
म पनि त मानिसै हुँ गाह्रो हुन्छ सहन
 
सिसाजस्तो मन टेकी हिँड्नेलाई बाटो दिएँ
ढुङ्गा जति आफैँ लिई नबिझाउने माटो दिएँ
चर्के पनि नचर्के झैँ मूर्ति बनी रहन
म पनि त मानिसै हुँ गाह्रो हुन्छ सहन