भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म भक्त हुँ यो देशको / कृष्णहरि बराल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म भक्त हुँ यो देशको
म रक्त हुँ यो देशको
कहिले पछि नसर्ने
म शक्ति हुँ यो देशको

हिमालको काखको म लालीगुराँस हुँ
सुवास शान्तिको म फुक्ने बतास हू
म कर्म हुँ यो देशको
म मर्म हुँ यो देशको
हिन्दू देश हो मेरो
म धर्म हुँ यो देशको

यही देशको गीतमा संगीत म भर्दछु
अँध्यारो मास्दै म उज्यालो भर्दछु
म चन्द्र हुँ यो देशको
म सूर्य हुँ यो देशको
हुँ म वीर नेपाली
सुन्दर शान्त यो देशको

शब्द – कृष्णहरि बराल
स्वर – पाण्डव सुनवार र साथीहरु
सङ्गित – पाण्डव सुनवार
गीति एल्बम – गाउँछ गीत नेपाली