सवैले टड्कारै सुन्ने गरी टाढैबाट उसले भनेका कुराहरु त यस्ता मीठा छन् भने म भन्न 
सक्तिनँ उसले मेरो कानमा खुसुक्क भनेका कुराहरु कति मीठा होलान् ! म भन्न सक्तिनँ। 
उसले टाढैबाट मतिर आँखा उठाउँदाखेरि त म आनन्दका टाकुराहरुमा उचालिन्छु भने 
मलाई थाहा छैन उसले नजिकै आएर हातले उठाउँदा म कुन स्वर्गमा अकासिने हुँ ! मलाई थाहा छैन। 
ऊ नसमातिने हो कि अङ्गालोमा नआउने हो कि भन्ने किसिमसंग चकचके भएर टाढा देखा 
पर्दा त मेरो मन यसरी गाउन थाल्यो भने म कल्पना गर्न सक्तिनँ लहराजस्तै उसको वरिपरि वेहि्रन 
पाउँदा मेरो मुटु कुन-कुन तालमा नाच्ने होला ! म कल्पना गर्न सक्तिनँ। 
ऊ टाढै छँदा मबाट सपनाहरु पलाउन थाले। 
म कल्पनाहरु खेलाउन थालें। म भन्न सक्तिनँ ऊ नजिक आए पछि ती सपना, कल्पनाहरु 
कुन प्रण भएर पलाउने हुन्। म कुन जीवन-काखमा खेलाउन पाउने हुँ ! म भन्न्ा सक्तिनँ।