म मरे पनि मलाई, मेरो देशको माया छ
यो छाती भरि मुरी का मुरी, नेपालको माया छ
म खेलेँ जहाँ म हुर्कें जहाँ, त्यहि आँगन प्यारो छ
यी छाती भित्र लुकेर आउने, मायानै माया छ
सेरो र फेरो यो देश मेरो, माटोको माया छ
बिरका छोरा नेपाली मेरा, पुर्खाको माया छ
जहाँ म जाउँ नेपाली हुँ म, नेपालको माया छ
धरतीमा मेरो भन्नु नै यहि छ, यसैको माया छ