भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
म र मेरो म / अन्ना स्विर / सुमन पोखरेल
Kavita Kosh से
कुनैकुनै क्षण त्यस्ता हुन्छन्
जसबेला
सँधैभन्दा ज्यादा स्पस्टसँगले अनुभव गर्ने गर्छु म
आफैँसँगको साथको।
त्यस्तो हुँदा मलाई खुशी लाग्छ, आँट आउँछ।
त्यसले मलाई साहस दिन्छ
मेरो त्रिआयमी शरीरलाई
मेरो आफ्नै छायाले साहस दिए झैँ।
कुनैकुनै क्षण यस्ता हुन्छन्
जब म साँच्चै नै सँधैभन्दा स्पष्टसँगले अनुभव गर्दछु
मेरो स्वसँगको साथको।
दोबाटामा उभिन्छु म, देब्रेतिर जानलाई
र सोच्दछु,
मेरो स्व दाहिनेतिर हिँड्यो भने के होला?
अहिलेसम्म त्यस्तो भैहालेको त छैन;
तर, त्यसो भन्दैमा
त्यस्तो कहिल्यै हुँदै हुने छैन भनेर
ढुक्क हुन पनि कहाँ सकिन्छ र!