भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यसै गरी बिताइदिन्छु / कालीप्रसाद रिजाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यसै गरी बिताइदिन्छु, दुई दिनको जिन्दगी
हाँसोमा लुटाइदिन्छू, आफू आँसुमा डुबी

भीड छ म भीडमा आफूलाई बिलाइदिन्छु
बिर्सिदिन्छु आफूलाई, होश म हराइदिन्छु
कि त लुकी यतै कतै, रोइदिन्छु सुस्तरी
हाँसोमा लुटाइदिन्छु, आफू आँसुमा डुबी

च्यातिदिन्छु आफूलाई, बालिदिन्छु साँझमा
फालिदिन्छु आफूलाई, दिनहरूको माझमा
गाइदिन्छु गीत आफ्नो, आफैँलाई नै पिई
हाँसोमा लुटाइदिन्छु, आफू आँसुमा डुबी