यस्तै नै छ यहाँको रीत
रहरहरू सेलाउँदै जान्छ
चोट लाग्छ हृदयमा हो
घाउ अभैं बढ्दै जान्छ
व्यथामा व्यथा थपिन्छ
बुझिदिने कोही हुँदैन
शून्यतामा आँखा टोलाउँछु
साथ कसैको पाउँदिन
यस्तै नै छ यहाँको रीत
छातीमा पीर कति कति
बाहिर मुस्काउनै पनें
रूँदारूँदै थाके पनि
बाँच्नलाई हाँस्नै पर्ने
यस्तै नै छ यहाँको रीत