भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
यहाँ प्रभात पनि / सुमन पोखरेल
Kavita Kosh से
					
										
					
					यहाँ प्रभात पनि रात हुन थाल्या छ 
अब माया पनि आघात हुन थाल्या छ 
कसको गरौँ विश्वास यहाँ धोका धेरै भयो 
एउटा मुटु थियो भत्केर खेरै गयो 
यहाँ चाहनाको पनि जात हुन थाल्या छ 
अब माया पनि आघात हुन थाल्या छ 
कसरी रोकौँ निश्वास, अत्यास धेरै पर्यो 
एउटा तृष्णा मनको मनभित्रै मर्यो 
यहाँ तिर्सनामा पनि मात हुन थाल्या छ 
अब माया पनि आघात हुन थाल्या छ 
 
	
	

