भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यहीँबाट बाँच्नु छ अनन्त / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

न बोकी ल्याउनुको बोझ
न भारी पठाउनुको दुःख ।

आउनुपर्ने आएकै छ,
जीवन
उमेर
समय ।

जानुपर्ने गइरहेकै छ,
समय
उमेर
जीवन ।

अनन्त युगका लागि
बाँचिभ्याउनु छ,
अस्तित्वको यसै देउरालीमा उभिएर ।