भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यात्राहरू / मार्गरेट स्येन / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रेल खोक्छ र थुक्छ
अकस्मात एउटा कर्नालकोझैँ
ए माइनरको तीखो आवाज

हामी बाटो लागौँ
एउटा यात्रामा
निरन्तर हिँडिरहने हृदय लिएर ।

म कता जाँदैछु
कुनै चिजले मलाई
यहाँबाट कतै टाढा तानिरहेछ
जाँदैछु म टाढा कतै
आफ्नै नजीकतिर

अन्तत म देख्दछु
आफूलाई
मैले हेरेको ठाउँमा
पहिलो पल्ट