भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

येहूदा आमिखाई / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

येहुदा अमिसाई - परिचय

नेपालीमा

यहुदा अमिसाईको जन्म सन्‌ १९२४ मा जर्मनीको वुर्जबर्गमा एउटा यहुदी परिवारमा भएको थियो।उनको वास्तविक नाम लुडविस फोइफर थियो।

अमिसाईको परिवार सन्‌ १९३६ मा प्यालेस्टाइन आएर पेताख तिख्बामा एक वर्ष बसेपछि यरूसलाइम (जेरुसलम)मा बसाइ सर्‍यो।अमिसाईले इज्रायली नागरिकता लिए।उनी जर्मनभाषी भए ता पनि इज्रायल गए लगत्तै उनले हिब्रु सिके।उनले दोस्रो विश्वयुद्धमा बेलायती सेनाको यहुदी ब्रिगेडमा रहेर काम गरे भने सन्‌ १९४८ को अरब-इज्राइल युद्धमा इज्रायली सुरक्षा फौजमा सामेल भई युद्ध गरे।

अरब-इज्राइल युद्धको समाप्तिपछि उनले हिब्रु विश्वविद्यालयमा भर्ना लिई बाइबल तथा हिब्रु साहित्यको अध्ययन गरे र माध्यमिक विद्यालयमा पढाउन शुरू गरे।अमिसाईले बेलायती सेना काम गरेर मिस्र खटिएका बेलादेखि लेख्न शुरू गरे र सन्‌ १९४६ देखि कविता लेख्न थाले।त्यसैताका उनले आफ्नो नाम पनि यहुदा अमिसाईमा परिवर्तन गरे।

अमिसाईले सन्‌ १९७१ र १९७६ पछि बीचबीचमा सेनामा पनि काम गर्दै भिजिटिङ् प्रोफेसरको रूपमा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविध्यालयमा प्राध्यापन गरे।

हिब्रु विश्वविद्यालयमा पढ्दा उनका एकजना प्राध्यापकले उत्प्रेरित गरेपछि उनले आफ्नो पहिलो कवितासङ्ग्रह 'आक्सभा भे योमाइम आखाराइम' (अहिले र अरू दिनहरूमा) प्रकाशित गराए।त्यस सङ्ग्रहले उनलाई भाषा र विषयवस्तु दुबैको कुशलतापूर्वक प्रयोग गर्ने कविका रूपमा चिनायो।सोबाहेक अमिसाईले 'बा गिना हा चिबुरित' (पार्कमा) लगायतका एघारवटा कवितासङ्ग्रह, 'बा रुवाख हा नोराह हा चोत' (विश्व एउटा कोठो हो र अरू कथाहरू) शिर्षकको एउटा कथासङ्ग्रह, 'मासा ले निन्भेह' (निन्भेहको यात्रा) लगायतका नाटकहरू र दुईवटा उपन्यास प्रकाशित गराए।

यहुदा अमिसाईले तमार हर्नसँग पहिलो र चाङ सोकोलोभसँग दोस्रो विवाह गरे।

यहुदा अमिसाईको २२ सेप्टेम्बर सन्‌ २००० मा क्यान्सरका कारण जेरुसलममा निधन भयो।