भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो एक्लो यात्राबीचमा / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



यो एक्लो यात्राबीचमा तिमीलाई छाडी कतै
म आएँ टाढा यहाँ समेटी याद धेरै
 
विश्वास र आशाले नै यो दिलभरि छ खुसी
सँगाली याद तिम्रै हिँडिरहेँ बेहोशी
त्यो अन्तिम एक झुल्को साथ हो सम्झिएरै
म आएँ टाढा यहाँ समेटी याद धेरै
 
मायाले छोपिएको मुटु राखी पवित्र
फर्की मिलनमा आउने धोको लिई सचित्र
व्यथित यो छातीभरि व्यथैव्यथा लिएरै
म आएँ टाढा यहाँ समेटी याद धेरै
 
मेरा नयाँ पुराना खुसी र आँसु तिमी
मेरा मीठा नमिठा सारा कहानी तिमी
छुटेँ म एक्लै आज तिम्रो खुसी लिएरै
म आएँ टाढा यहाँ समेटी याद धेरै