भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो पढेपछि / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मैले प्रतिक्षा गरें
अब यो अनुबाद गर्छु
'समाजलाई बदलिदेऊ'
लेखक- सब्यसाची ।

थाहा पाउनेछन्
मजदुरहरुले/किसानहरुले/ गरिबहरुले
यो पढेपछि
भइरहेछ कसरी उनीहरुको जिन्दगी बर्बाद
थाहा पाउनेछन् ।
कसले पारीरहेछ
उनीहरुको श्रीमतिको पेट भोको
किन
आमाको स्तनबाट शिशुका ओंठमा
दूधको पबित्र धारा झरिरहेको छैन
आफ्ना शिशुहरु किन यति सार्‍हो अलपत्र
थाहा पाउनेछन्
सब सब थाहा पाउनेछन्
मैले प्रतिक्षा गरे, भिष्म प्रतिज्ञा गरिदिएँ
म यो अनुबाद गर्छु
समाजलाई बदलिदेऊ
बदलिदेऊ ।