भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो पल्ट पनि म हारें भने / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो पल्ट पनि म हारें भने
र तिमीलाई गुहारें भने

साथ कसैको नै नपाएर
आँखाबाट आँसु झारें भने

शून्य छोएर यो चारैतिर
आफैँलाई धिक्कारें भने

पूरा नहुने ती सबै–सबै
सपनीलाई मारें भने

के गर्छौ ल भन्देऊ साथी
ओठमा मौनता उमारें भने