भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
यो बाध्यता हो कि विडम्बना प्रिये ? / भीम दाहाल
Kavita Kosh से
गाँठो परेको सिरकमा
जब–जब तिमी गर्मीलाई मबाट तान्थ्यौ
म आधा ठिहिरो र आधा सिरेटोमा
तिमीलाई पू रैसिरक छोडिदिन्थेँ
त्यसबेला तिमीले मलाई फलाममा तौलिइनौ
त्यसबेला तौलिइनौ पित्तल र काँसोमा पनि
आज तिमी मलाई सुनचाँदीमा तौलिन चाहन्छ्यौ
यो बाध्यता हो कि विडम्बना प्रिये?
जुन बेला एक जोडी कर्णफूलका निम्ति
सराफीले मलाई किन्न मानेन
तिमीले मलाई सिक्री–सिक्री, कण्ठ–कण्ठको भाउ लगायौ
जब म बन्धक हुन सक्छु सिरबन्दीका लागि
तिमी मलाई झुम्के बुलाकीमा बेच्न चाहन्छौ
यो बाध्यता हो कि विडम्बना प्रिये ?