Last modified on 18 मई 2017, at 20:13

यो मन भन्छ कहाँ जाऊँ / बुद्धवीर लामा

यो मन भन्छ कहाँ जाऊँ
कसले नि देला बस्ने ठाउँ
मै दुखीको बिरानो भो
आहै आफ्नै घर गाउँ

कोरस-
हुँदा आफ्नै नहुँदा सबै बिरानो

कहिले आँसु कहिले हाँसो
के हो जिन्दगी हो
मनमा आगो लागिरहन्छ
केले निभ्ने हो

कोरस-
हुँदा आफ्नै नहुँदा सबै बिरानो

कहाँ पोखुँ पीर व्याथा
सबै उस्तै देखियो
हाँसीहाँसी गला रेट्ने
पनि भेटियो

कोरस-
हुँदा आफ्नै नहुँदा सबै बिरानो

शब्द - बुद्धवीर लामा
स्वर, संगीत - सम्भु राई