भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो माया किन लाग्छ / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यो माया किन लाग्छ कसरी लाग्छ
कसैले बताइदिए हुन्थ्यो
हृदय कस्तो हुन्छ कहाँ हुन्छ
रहस्य खुलाइदिए हुन्थ्यो

कसैका कुरा गराइ पनि कसैका आँखा तराइ पनि
रिसाइदिने चलन पनि तिनले दिने हैरानै पनि
किन हो राम्रो लाग्छ मिठो लाग्छ
रहस्य खुलाइदिए हुन्थ्यो

नदेखेका रूप कोही पछि आफ्नै जस्ता हुन आउँदा
बिपनामा नबोले पनि सपनामा बीच छुन आउँदा
किन हो न्यानो लाग्छ प्यारो लाग्छ
रहस्य खुलाइदिए हुन्थ्यो