भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो शहर कसको हो ? / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


माटोको कन्तारीभरि हिउँ जस्तो दही बोकेर
सुनौलो सगरमाथा किन्न हिडीरहेको छ स्रवणकमार
जो यो शहरको आम वासिन्दा हो ।
एउटा ग्रामीण घरको जस्तो आँगन
चकलेटसंगै गरिबी खोलभित्र बटार्दैछ ।
ठूलो हडीया धान उसिनीरहेको छ
दाउराको धूवाँ र वासनासंगै
बूढो सपना वायूमण्डल घुमिरहेछ ।
सानो गल्लीका यी दृश्यहरुको भार
भक्का पाक्दै गरेको चोकमा विसाएपछि
पूषको चिसो विहानी मलाई प्रश्न गर्छ
यो शहर कसको हो ?

चौडा वाटो, वन्दै गरेको भव्य महल
आँगनीको सुन्दर वगैचा
वाहन चम्काउने परिचित अनुहारको चालक
कर्कस स्वर गुन्जाईरहेका केही काग वसेको
त्यो पीपलको रुख
होडिङबोर्डमा टागिंएको परदेशी सपना
जाडो छल्न वटूवाले ओढेको कोठे गम्छा
दाँत माज्दै सडकछेउः उभेको घरमूली
पाइडल खियाउदै तातेको रिक्शावाल
यी दृश्यहरुको सौन्दर्य मनभरी उदाएपछि
लालीमय विहानी फेरि प्रश्न गर्छ
आखिर, यो शहर कसको हो  ?

पेटी ओगटेर जिजीविसा पसलमा फिजाउने यो शहर
घर अगाडिको जंगल उखेल्दैन
कच्चूका ठूलाठूला वोट हुर्काउने गर्छ
वाटाछेउः घाँस चर्दै गरेका वेलगाम गाईवस्तुहरु पाल्ने गर्छ
नजिकैको पोखरीमा आहाल बसेका शहरी भैसीलाई
चिल्लो दल्ने गर्छ ।
वाहनको चर्को आवाज मनपराउने
साढे,बाख्रा र कुकूरहरुसंग रमाउछ ।
यो दैनिकी बुझेपछि
दिनको मध्य घाम प्रश्न गर्छ
यो शहर कसको हो  ?

मौसम बेमौसम वाँस तेर्साएर चन्दा माग्ने शहर
गाईवस्तमझैं वसगोठमा यात्री जबरजस्ती कोच्न खोज्छ ।
फेशन गरेर बीचवाटामा निर्धक्क गफ गरिरहेछ ।
यदाकदा, ऐलानी जग्गामा नर्सरी वनाएर
पूmलका नयाँ विरुवा उमार्ने गर्छ ।
शहरको आधा सडक ओगटेर
ठेलामा चाट र पानीपूरीको मजा लिदै
गलत दिशावाट हुइकिइएर गुडने गर्छ ।
यी आफ्नै आफ्ना सधैं मनबाट अस्ताउन थाले पछि
साँमmको सिम्रीक पटक पटक प्रश्न गर्छ
यो नामी शहर कसको हो ?

जवाफमा जनाथन गलिवलको बूढो पात्रझै
भन्न विवश छु
यो शहर सबैको हो
तर कसैको होइन ।