Last modified on 29 जून 2017, at 19:49

यो हाम्रो कस्तो मिलन हो / धनेन्द्र विमल


यो हाम्रो कस्तो मिलन हो
शून्यताको जहाँ बास छ
केवल खुल्दुलीको खाली ढुकढुकीको
सानो सानो मिठो धुन छ

लाग्छ अब रात नढले हुन्थ्यो
तिम्रो मेरो साथ नछुट्टिए हुन्थ्यो
म डुबिदिन्थें आकाश तालमा
म खेलिदिन्थें केशको छालमा

तिम्रो आगमनले जीवन बदलियो
सारा मौसम मेरो लागि भैदियो
म खोजिरहन्थें शीतल छहारी
तिमी साँझ मेरो तिमी नै बिहानी

शब्द - धनेन्द्र विमल
स्वर - इन्द्रजीत मिझार
संगीत‍ - सम्भुजित बासकोटा
चलचित्र - सीता