भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रक्षक / गीता कार्की

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 

हर प्रात हर साँझ हर दिन
ओ ! मानिस !! तिम्रो घरको ढोकाबाहिर
टिठलाग्दो करुण अनुहार र अभिव्यक्तिमा
चारै प्रहर तिम्रो घरभित्रको बहुमूल्य वस्तु
रखवारी गर्ने
त्यो निर्धन प्राणी / याद गर
तिम्रो धनाढ्य अभिमानको रक्षक हो .......।

इमान्दार सेवकको पदक पाएर हो कि
 आदेशको सूचना पर्खिन्छ
घा“टीमा कस्सिएको फलामको सिक्री
प्रेमको प्रतीक ठान्दो हो, सायद
प्रिय लाग्छ उसलाई पासो
प्रिय लाग्छ–तिमीले छाडेको जुठो
र पनि आ“खाका डिलमा
सदावहार नाचिरहन्छ–
अपनत्व, निष्ठा र कर्तव्यबोध ......

जुठो, बासी केही भन्दैन
मिठो मसिनो केही माग्दैन
मात्र, तिमी पलङमा मिठो सपना देखिरह“दा
उ तिम्रो घरको वरिपरि घुमेर
सुरक्षाको बेठी गाइरहेको हुन्छ
भन मानिस !
मन्दिरभित्रको मूर्ति दिव्य कि
मन्दिरलाई मन्दिर बनाउने पुजारी दिव्य !! ?