भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रङ्गभन्दा पनि रङ्गीन / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रङ्गभन्दा पनि रङ्गीन भैछिन् मेरी उनी
साँझपख देखेँ, भयो मनै रिमिझिमी
 
परेलीमा उदाउँछ लोभ्याउने आँखा
ओठ खोली हसाउँछिन् उदासीका पाखा
बिहानीमै डुबी कहिले फर्किआउँछिन् साँझ
नथामिने वेग उनको दुनियाँको माझ
रोकूँ भन्छु छेकूँ भन्छु भागिजान्छिन् उनी
साँझपख देखेँ, भयो मनै रिमिझिमी
 
कहिले ल्याउँछिन् ज्यूँने रहर कहिले मर्ने जहर
कहिले भन्नै नभ्याइने भावनाका लहर
कतै पानीसँग रुझी घाम हाँसे जस्ती
सजाउँछिन् वसन्तझैँ मेरो दिलको बस्ती
उनैलाई अँगालेर बाँचूँ जूनीजूनी
साँझपख देखेँ, भयो मनै रिमिझिमी