भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रत्नकुमार बान्तवा / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सञ्जय थापालाई धन्यबाद
जसले मलाई देउमाईको किनारमा, दिए
जस्ले मलाई रत्नकुमार बान्तवाको जीवनी दिए ।

म थुप्रै पल्ट रोएको छु
चे ग्वेभाराको अवसनमा रोएको छु
स्पार्टाकसको देहान्तमा रोएको छु
साल्भाडोर एलेण्डेको स्वर्गबासमा रोएको छु ।

आज पनि म रोएँ
मेरो आँखाको नदीबाट
कुलो भएर आँशुहरु गालाहरुबाट बगे
आज म
रत्नकुमार बान्तवाको क्रुर हत्यामा
गोलीले दुलो परेको उसको छती सम्झंदै
रगतले लत्पतिएको उसको कमिज सम्झंदै रोएँ
आज पनि म रोएँ ।

बान्तवा !
तिमीलाई मेरो लालसलाम
तिम्रो बाटोमा आज म अझ दर्‍हो भएर उभिएको छु ।