भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रत्नशम्शेर थापाका तीन तङ्काहरु / रत्न शमशेर थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आजको रात
जागिरहेछ इच्छ
सिंगौरी खेल्ने
मृत्‍युसँग मलाई
भित्रभित्रै रमाइ ।

परेलीदेखी
मीठा सपनाहरु
अमीलिँदैछन्
नुनिलो आँसुसँगै
अचेल शनै: शनै: ।

फक्रिनु साटो
ओइलाउन थाले
कोपिलाहरु
लापर्वाहीले गर्दा
दुष्ट मालिहरुको ।