भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

राँको बोकी आ'को भए देख्ने थियौ होला / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मुस्कान
 
राँको बोकी आ'को भए देख्ने थियौ होला
अन्दाजैले पनि मलाई भेट्ने थियौ होला
 
पँधेरीमा गई कुर्न अलि डर लाग्यो
हल्लाभन्दा इज्जतकै बढी भर लाग्यो
मिजासकी खानी तिमी सौन्दर्यकी रानी
कुइनेटोमै पर्खिबसेँ भेट्छु भन्ने ठानी
 
भित्र राखे धुवैँ धुवाँ बाहिर राखे ज्योति
यस्तो स्वभाव हुने मात्र पिरती नै हो कि
राम्रो लाग्छ धुवाँभित्र नहराउँदा तिमी
खुसी लाग्छ मुस्कान भई ढाक्दा आकाश-जिमी ।