भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रातभरि रोएँ म त / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रातभरि रोएँ म त, शीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ

एउटा काँढा रोपिएछ मनको मझेरीमा
त्यही काँढा बिझाउँछ सधैँ अँधेरीमा
घाउजस्तै चहर्‍याउने प्रीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ

दिन पनि रात पनि, उसकै यादको बर्को
सम्झूँ भन्छ एउटा मन, बिर्सूँ भन्छ अर्को
दुवै मनलाई हराएर जीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ