भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
रातमा जो छन् मातमा ती छन् चाहिन्छ उज्यालो / मञ्जुल
Kavita Kosh से
दाजु
रातमा जो छन् मातमा ती छन् चाहिन्छ उज्यालो
तिनैका लागि बाल्नुछ अहिले ज्ञानको दियालो
उज्यालो बले झलमल्ल हुन्छ ज्ञानले संसार
मानिस हिँड्छन् चुनेर बाटो त्यसकै अन्सार
मायालु हुन्छन्, स्नेहालु हुन्छन् करूणा पलाए
संसार साँच्चै स्वर्गझैँ हुन्छ विवेकले चलाए
भन्दछन् धेरै अँध्यारो भन्ने कुरा नै हुँदैन
उज्यालो बाले त्यो आई कैल्यै संसारलाई छुँदैन
अवश्य गर्छ मान्छेले एकदिन अपूर्व उन्नति
संसार स्वर्ग पार्न नै आ'को यो दैव सन्तति ।