भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रापिलो घाम / पुष्कर लोहनी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जब कठ्याङ्ग्रिएको जोबनले
कर्के आँखा पारेर खिसिक्क दाँत देखाउँछ
युवती लाजले भुतुक्क हुन्छे,
अनौठो आनन्द अनुभव गर्छे
घामको मधुर सुमसुमाहटमा
ऊ लुटपुटिन्छे, जिस्किन्छे, चल्छे
उसको प्यार र कोमल स्पर्शमा लट्ठिन्छे
अनि लडीबुडी गर्दागर्दै
कठ्याङ्ग्रिएको जोबनलाई तताउँछे
आफ्नो सब कुरा बिर्सिन्छे
पछि घामले ऊसँग खेल्न छोड्दा
उसको रापले पोल्दै आउँदा
लागू खाएको व्यक्तिले केही खोजेझैँ
ऊ खोज्छे- होसमा आउँछे
त्यहाँ ऊ झस्किन्छे अनि आँखाबाट आँसु झार्छे ।