रित्तीएका खुत्रुके
मक्कीएका लुगा
निख्रीएका ठेकीमात्र छन्
बिम्बको २–४ खाबा
किनेर ठडाउन सकिन्
एक जोर कविताको पहिरन् सिलाउन सकिन्
शब्दको तिर्खा मेट्न सकिन् ।
घाँसीले समाजका लागि कुवा खनाए
मैले एउटा धारा आफ्नो लागि बनाउन सकिन्
कति गरिब छु म कवि
निर्धनताको कालो बादल छ वरिपरि
मैले पाउने नैर्र्सिगक धामलाइ छेकेको छेकै
आफ्नै सन्तानको आङमा न्यानो
पोख्न नसक्ने रित्तो गाग्रो म ।
फाँसीसम्म पनि सोचे र झन्डै पुगे
यस्तै जीवन हाँसी हाँसी जिउन पनि सिके
र एकदिन म आफै कविता बने
अरुनै कुनै स्थापित कविको ।