भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै / रमण घिमिरे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै
सधैंभरि तिमी मेरी जे गरे नि आफ्नै

कहिले खुसी फिंजाएर दुखसित फाल्यौं
कहिले दुख छातीबिच लुकाएर हाँस्यौं
कयौं याम बदलिए तर तिमी आफ्नै
खुसी हुँदा नि आफ्नै दुखी हुँदा नि आफ्नै
सधैंभरि तिमी मेरी जे गरे नि आफ्नै

कहिलेकाहीं सँगै रोयौं कहिले सँगै हाँस्यौं
अंगालोमा बाँधिएर दुख सुख बाँड्यौं
वर्षौं बित्यो घामछायाँमा तर तिमी आफ्नै
हाँसो छरे नि आफ्नै आँसु झरे नि आफ्नै
सधैंभरि तिमी मेरी जे गरे नि आफ्नै