भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रिस / मोहन कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रिस आफैं एक आगो हो
जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ
रिस एकमात्रै यस्तो आगो हो
तर शान्त गर्न सकिन्छ ।

थाहा छैन को को मानिस रिसको झोकमा आए
यसै झोकबाट उनीहरूले सुख र शान्ति गुमाए
आˆनो जीवनको खुसीलाई खरानी बनाउाछ रिसले
मानिसको मनलाई भित्रभित्रै तड्पाइदिन्छ रिसले
एकता जस्तो अमूल्य चिज
रिसले नै टुटाउँछ
मानिसलाई नै जलाएर
खरानी बनाउँछ ।