भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रुपसित मगमगाउँदै झुम्ने फूललाई सोध / एस्पी कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रुपसित मगमगाउँदै झुम्ने फूललाई सोध
बैंससित जगमगाउँदै चुम्ने भूललाई सोध
जसै तिमी आउनेछौ दोष मलाई लाउनेछौ
छेउमै मलाई देखेर जवाफ आफैं पाउनेछौ

नदीसरी कलकलाउँदै कुद्ने कसमलाई सोध
घाँटीभरि सलबलाउँदै उड्ने बचनलाई सोध
जसै तिमी आउनेछौ मनैभरि छाउनेछौ
छेउमै मलाई देखेर जवाफ आफैं पाउनेछौ

लामो केश लहराउँदै बाग्ने बतासलाई सोध
न्यानो मन बहलाउँदै बग्ने सुवासलाई सोध
जस्तै तिमी आउनेछौ मिठो गीत गाउनेछौ
छेउमै मलाई देखेर जवाफ आफैं पाउनेछौ