भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
रोक्दा पनि रोकिँदैन / सुमन पोखरेल
Kavita Kosh से
रोक्दा पनि रोकिँदैन हेर्न खोजे देखिँदैन
जल्ने मुटु भित्रै जल्छ बाहिर आगो पोखिँदैन
छातीभित्र छाती बाहिर यही मुटु दुखे जस्तो
डरले तर उपहासको दुनियाँसँग लुकेजस्तो
अब कुनै हेराईले यसको दुखाई रोकिँदैन
जल्ने मुटुभित्रै जल्छ बाहिर आगो पोखिँदैन
सुन्दाखेरी ठिकैजस्तो छाम्दा पनि धड्केजस्तो
तर भित्र कता कता यही मुटु चर्केजस्तो
लाख कोशिष गरे पनि बाहिरबाट बुझिँदैन
जल्ने मुटुभित्रै जल्छ बाहिर आगो पोखिँदैन