भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लक्ष्य / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


रगत पिउने चट्टानसंगै बजारिंदा बजारिंदा
चट्टान आफैं अचेल धूलोधूलो हुंदैछ
अचेल बजारिंदा वालुवाझैं नरम अनुभूत गर्छु
अचम्म † म रगतपच्छे हुन छोडेकी छु ।

अझैपनि आँशु पिउन सक्छ ऊ
आँशुलाई कताकता पातालमा पुर्या उन सक्छ ऊ
मेरो प्रयास धुलो वनेको चट्टानलाई
मलिलो बनाउनु हो
हरियाली ओछ्याउनु हो ।

म निरन्तर कटिवद्ध छु
मेरो लक्ष्य,
सबैलाई आकर्षित बनाएर यहि बसाउनु हो
अन्य चट्टानलाई मायाको पाठ पढाइरहेछु
कोमलताको कथा सुनाइरहेछु ।

एउटा मलिलो वाली लहलहाउने फा“टको
सुन्दर परिकल्पनामा
म चट्टानहरुसंगै फुट्दै फुटाईरहेछु
निथ्रुक्क भिज्दै भिजाईरहेछ
एउटा उर्वर भूमिको लक्ष्य लिएर
म निरन्तर जुटिरहेछु ।