भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लहर हो लोग्नेमान्छे / किरण खरेल
Kavita Kosh से
लहर हो लोग्नेRमान्छे, ऊ नजिक आउन सक्छ
किनाराहरू अँगाली छोडेर जान सक्छ
उसको निम्ति माया आवेश हो नदीको
उसको निम्ति प्रीति संयोग हो खुशीको
ऊ अनुभवी बनेर सब वाचा भुल्न सक्छ
कोमल स्वास्नी मान्छेलाई मायाले छल्न सक्छ
अनेक पाप मनमा साँचिरहेको हुन्छ
विश्वासघात गर्दै हाँसिरहेको हुन्छ
हजार रूप लिएर ऊ चोखो बन्न सक्छ
अर्काको मुटुलाई ऊ ढुङ्गा भन्न सक्छ