भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लुकाएका केही कुरा / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लुकाएका केही कुरा तिमीसँग भन्नु छ
तिम्रै अँगालोमा बाँची तिम्रै अँगालोमा मर्नु छ

पलपल धडकिन्छौ हृदयमा मेरो
तिमीलाई अनुभूत गराउनु छ
चाहे गुमाउन परोस् आफूलाई
तिमीलाई सम्पूर्णमा पाउनु छ ।

कहिले कसैले छुनै नसकोस्
मायाको त्यो शिखर छुनु छ
सबैले गर्दछन् माया संसारमा
मलाई तिम्रो मायामा अमर हुनु छ

तिम्रो जीवन साथी मात्रै होइन
तिम्रो हृदयको ढुकढुकी हुनु छ
एकदुई जीवनका लागि मात्र हैन
जन्मौँजन्मका लागि तिम्रो बन्नु छ