Last modified on 23 जून 2020, at 09:37

लोकदुःख / रमेश क्षितिज

कति हिउँद बरखा बिते हुन्
उस्तै छ जलन
आफू हाँसी अरूलाई
रुवाउँने निठुरी चलन

सन्चो छु कि बिसन्चो म आज
जान्दिनँ आफैँले
जसले लायो कलिलो बिरुवा
निमोठ्यो उसैले

जून खुली आकाशै उजेलो
मनभने अँधेरो
भोक–तिर्खा लुटियो मायाले
सुकायो ज्यान मेरो