भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वन्दीगृहभित्र म निभेकी छैन / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आफन्तले जानाजान भित्र्याएको बन्दीगृहभित्र
एक्लै एउटा कुनामा आङ्खनो लागि
फुकिरहेछु चुलो
झ्यालवाहिरको स्वतन्त्रताले गिज्याउँदा
म आङ साङसुकी
फलामे डण्डीको झ्यालबाट
हुलाकी हावाले ओसारेको सम्पूर्ण देशको सुगन्ध
नीलो आकाशले प्रतिविम्वित गरेको वर्तमानको सारा दृष्य
म महशुस गर्छु ।

उम्कन नपाएपनि
पाएकीछु अघाउन्जेल हेर्न
सीमित आकाश,भुवादार बादल
अनि,
यस प्रलयकारी अनिकालमा
जोगाएकी छु आङ्खना विचारको वीउ ।

वन्दी आँखाले जुन र घाम नियाल्दाको
झिनो आश
असुविधामय जीवन जीउने चर्को अभ्यास
आङ्खनैहरुले हरपल र हरक्षण
सहनै नसक्ने गरि गरेको उपहास
त्यो क्लिष्ट हेराइ
जिम्मेवारीविहीन वेवास्ताका प्रस्तुति
सहनु नै,
नमरि बाँच्नु मात्र नै
आजको जीत, मभित्रको दीप ।

बन्दी गृहका भित्तामा
कोरेर वसेकी छु चराको चित्र
सिकिसकेकी छु बुद्धको आसन
सीधा अन्तरमनसँग भलाकुसारी गर्छु
यो एकान्तको अनुकुलता
बुझें पि“जडा र झगडाको सम्बन्ध
दिन र रातको अनुवन्ध ।

बाहिर झमझम पानी परिरहँदा
आफु झरीमा रुझेको बाल्यकाल सम्झन्छु
भोलिको उज्यालो संगालेर
बन्दीगृहभित्र म निभेकी छैन
यातनाको भेलमा डुवेकी छैन
साधनाको खेल हारेकी छैन ।